जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज साउन महिनाको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो

साउन महिनाको पहिलो सोमबार आज शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

हिन्दू धर्मावलम्बीहरूले साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ।

त्यसैले यो दिन उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। साउनमा रुद्री लगाउने चलन पनि छ।

सोमबार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ। पोखराको पुम्दीकोट , केदारेश्वर , गाइघाट काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।