जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अलौकिक कवि देशभक्तललाइ एकैदिन १२ पदवी, ‘महासाहित्यकार’देखि ‘दुर्लभ महामानव’सम्म

जन्मभुमि खबर ,
पाेखरा ।

पोखरामा एउटै व्यक्तिलाई १२ पदवी दिएपछि पदककै हुर्मत लिने काम भएको भन्दै चर्को आलोचना भइरहेको छ । पोखराका देशभक्तसिंह कुँवरलाई विभिन्न संस्थाबाट प्रतिसंस्था ५० हजार रुपैयाँका दरले ६ लाख रुपैयाँसहित विभिन्न १२ वटा पदवी पाएका हुन् ।

कुँवरले शब्द सम्राट, वाङ्मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव गरी १२ उपाधि पाएका छन् ।

कुँवरलाई इन्ल्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्ल्याल्क नेपालकै पोखरा र काठमाडौं शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारावि फाइनान्सियल एजेन्सी, काविन ग्राफिक्स सोलुसन, माछापुच्छ्रे सांस्कृतिक परिवारले संयुक्त रुपमा विभिन्न उपाधि प्रदान गरेको थियो ।

कुँवरले आफूले बाबुको इच्छा पूरा गर्न आफूले सम्मान थापेको बताएका छन् । बाबु बिरामी रहेको र जीवन छँदै छोरोको प्रगति देख्ने इच्छा पूरा गर्न सम्मान थापेको सुनाएका हुन् ।

कुँवरले अझै १०८ वटा कृति प्रकाशोन्मुख रहेकाे प्रेसमा पुगिसकेको जानकारी दिए । सबै किताब एकैदिन विमाेचन गर्ने उनकाे चाहना छ ।