जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् ।

राष्ट्रपतिकाे कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्ने जानकारी गराएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए। त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हाल्ने भएका हुन्।’