जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अन्नपूर्ण गाउँपालिका पूर्ण खोप सुनिश्चीत तथा दिगोपना घोषणा

जन्मभुमि खबर ,
पोखरा ।

अन्नपूर्ण गाउँपालिकालाई बिहीवार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चीत तथा दिगोपना घोषणा गरिएको छ ।

गाउँपालिका भित्र रहेका १६ देखि २३ महिना भित्रका कुल दुई सय ५७ बच्चालाई खोपको पूर्ण मात्रा दिएसँगै सो पालिकालाई पूर्ण खोप सुनिश्चीत तथा दिगोपना घोषण गरिएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बालबालिकाको भविष्यप्रति पालिका चनाखो रहेको औँल्याउँदै अभिभावक पनि थप सचेत बन्नुपर्ने जनाए।
उपाध्यक्ष चन्द्रकला अधिकारीले मानिसका लागि स्वास्थ्य नै महत्वपूर्ण कुरा भएको चर्चा गर्दै पूर्ण खोपसँगै बच्चाको बृद्धि विकासमा सहयोग पुग्ने स्पष्ट पारिन् ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, स्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्य, वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक तुलसीप्रसाद अधिकारी, लुम्ले स्वास्थ्य चौकी इञ्चार्ज लोकबहादुर भण्डारी लगायतले पनि धारणा राखे।

पालिका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम स्वास्थ्य संयोजक ऋषिराम पौडेलले संचालन गरे।