जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेस सेन्टर नेपाल महानगर कमिटि पोखरा द्वारा नवनिर्वाचित मेयर तथा उपमेयर लाई बधाई शुभकामना साथै सुझावपत्र पेश

जन्मभुमि खबर ,
पोखरा ।

प्रेस सेन्टर नेपाल महानगर कमिटि पोखराले महानगर पालिका पोखराका नव निर्वाचित मेयर धनराज आचार्य तथा उप मेयर मञ्जु गुरुङ लाई बधाई तथा शुभकामना दिनुका साथै सोहि अवसरमा १० वुदे सुझाव पत्र समेत पेस गरेको छ।
प्रेस सेन्टर नेपाल महानगर कमिटी पोखराका अध्यक्ष शिबराज बस्ताकोटि शिवदाइको नेतृत्वमा महानगर कमिटिका पदाधिकारी सहितको टोलिले महानगर पालिका पोखराका मेयर आचार्य तथा उप मेयरलाइ कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका थिए । मेयर आचार्य लाई अध्यक्ष बस्ताकोटिले खादा लगाइ बधाई तथा शुभकामना दिदै पोखराको समग्र विकास र सम्रक्षणमा आफुहरुको पनि सहयोग रहने बताउदै १० वुदे सुझाव पत्र सहित बुझाउदै नेपाल मै पहिलो महानगर कमिटि को स्थापना भएक‍ोले महानगर पालिका मेयर आाचार्य तथा उपमेयर गुरुङलाइ बधाई दिन पाएकोमा खुसि व्यक्त गरेका थिए।
उप मेयर गुरुङ लाई प्रेस सेन्टर महानगर कमिटि का उपाध्यक्ष सपना रसाइलि तथा सदस्य नन्दिता सेन्चुरिले खादा सहित बधाई तथा शुभकामना सफलताको दिएका थिए। कार्यक्रममा सेन्टरका सचिव हिमलाल पौडेल कोषाध्यक्ष सुर्य सिकारु सदस्य होम गुरु दिलिप भण्डारी लगाएतको उपस्थिति रहेको थिय‍ो।बधाई तथा शुभकामना साथै सुझावपत्र ग्रहण पश्चात मेयर आचार्यले अबका तीन महिना भित्र पोखरामा तत्कालिन देखिएका समस्या लाई आम पोखरावासिले देख्ने र अनुभूति गर्ने गरि समाधान गर्ने बताएका छन् ।उप मेयर गुरुङले पत्रकारको धर्म समाचार मात्रै नभएर सकारात्मक दर्सनको मार्गदर्सक रहेको बताउदै पत्रकारले सुझाव दिनु पनि एक महत्त्वपूर्ण परिवर्तनकारि कार्य भएको बताउदै आगामि दिनमा समचार सगसगै सुझाव दिन र सचेत गराउन आग्रह गर्दै त्यति हुदा पनि सुनुवाइ नगरेमा समाचार द्वारा झक्झक्याउन अनुरोध गर्दै आफुहरु समग्र पोखराको विकास र नगरवासिका हितका लागि सदा समर्पित रहि रहने प्रतिवद्दता समेत जनाउनु भएको छ।