जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला तिन सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन ९९ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९८ हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।