जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरले होटल तथा बैंकको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न सम्झौता गर्ने

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौं महानगरजस्तै पोखरा महानगरले पनि महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, तथा विभिन्न संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न २ पक्षीय सम्झौता गर्ने भएको छ ।

बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले एक वर्षभित्र पोखराका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यससम्मका लागि संघसंस्था तथा होटलको शौचालय प्रयोग गर्ने गरी सम्झौता हुने निर्णय भएको महानगरले जनाएको छ ।