जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य बढ्यो , चाँदीको मुल्य स्थिर

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।