जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वामदेव गौतमले गरे नयाँ दल घोषणा, पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् ।

नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमले मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको राजनीतिक दल घोषणा गरेका हुन् ।

पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने भएका छन्। आवश्यकता अनुसार केन्द्रीय सदस्य बढाइने सो पार्टीले जनाएको छ। पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुन:गठन गर्नु रहेको छ ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए ।

उनले शनिबार मात्रै अभियानको राष्ट्रिय भेला आयोजना गरेका थिए ।