जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महिला टी–२० क्रिकेटमा आज नेपाल र यूएई भिड्दै

मलेसियामा जारी एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र युएई भिड्दै छन् । नेपाल समूह बी को उपविजेता टोली हो भने युएई समूह ए को विजेता टोली हो ।

नेपाल चार खेलमध्ये तीन खेलमा विजयी हुँदा युएई अपराजित रहँदै सेमिफाइनल पुगेको हो ।

क्वालालाम्पुरको किनरारा ओभल मैदानमा खेल नेपाली समय अनुसार सवा ८ बजे शुरू हुनेछ ।

आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । हङकङ समूह बी को विजेता र मलेसिया समूह ए को उपविजेता हुन् ।