जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मर्दी खोलामा आएको बाढीले पोखरा २५ र १९ जोड्ने मोटरेबल पुलमा क्षति

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको मर्दी खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुगेको छ । आइतबार राति आएको बाढीले पोखरा २५ र पोखरा १९ जोड्ने मोटरेबल पुलको एकतिरको फाउन्डेसनतर्फ भासिएको छ ।

पोखरा १९ तर्फको फाउन्डेसन र सडक भासिएको हो । त्यो पुल मर्मत गर्न पनि गाह्रो देखिएको पोखरा २५ का वडाध्यक्ष मोती तिम्सिनाले बताए ।

`पुलको फाउन्डेसन नै सरेको छ । त्यो धरापमा छ । मर्मत गर्न पनि गाह्रो छ,´ उनले भने । पुल ढलेमा नजिकै रहेको खानेपानी आयोजनाको काममा समेत समस्या हुने खतरा रहेकाे उनले बताए ।

पुलमा क्षति भएपछि दुईवटा वडामा आवतजावत गर्न समस्या भएको पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए । आइतबार बिहान पोखरा महानगरपालिका, जिल्ला समन्वय समिति कास्की र सडक विभागका प्रतिनिधिले पुलको निरीक्षण गरेका छन् ।