जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका २१ फोक्सिङ्गकोटको ९६ रोपनी जग्गा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को कब्जामा।

पोखरा  ।                                                                            पोखरा महानगरपालिका २१को फोक्सिङ्गकोटमा, रहेको करीब ९६ रोपनी जग्गा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले कब्जमा लिएको जनाएको छ। सो जग्गा उक्त स्थानका ५ जानाले जालसाँचि गर्दै  आफ्नो कब्जामा बनाएकोले बिवादीत जग्गा आज नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) ले किसानको उपस्थितिमा कब्जामा लिएको हो।

करिब ५६,जाना किसानको सो जग्गा वास्तविक किसानको समस्या समाधान नहुन्जेलसम्म उत्त जग्गा बिक्री बितरण तथा कुनै कामकार्य नगर्न सुचित सहित तत्कालिन गा.वि.स र विन प्रा.ली विच २०५७ भदौ २६ मा भएको सम्झौता निर्धारित समयमा कार्यन्वयन नभएको भन्दै उत्त सम्झौता खारेज गर्न अपिल गर्दै जग्गा कब्जा गरीएको उत्त पार्टीले जनाएको छ । सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी  (बहुमत)का पोखरा महानगर सेक्रेटरी याम भट्टराईले यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी सदैब किसानको पक्षमा रहेको र भोलिका दिनमा किसानलाई कुनै समस्या दिएमा आफुहरू चुप लागेर नबस्ने बताएका थिए।

साविक निर्मलपोखरी गा.वि.स वडा न ६ फोक्सिङ्ग हाल पोखरा २१ पोख्रेलथोकमा रहेको उत्त जग्गामा तत्कालिन गा.वि.स, सम्बन्धित जग्गादाता र विन प्रा.ली विच १४ बुँदामा त्रिपक्षिय सम्झौता भएको थियो । सम्झौता अनुरुप विन प्राईभेट लिमिटेडले जैविक कृषि फर्म, रिसोर्ट र अन्तर्राष्ट्रियस्तरको बिद्यालय स्थापना गर्ने भनि सम्झौता गरीएको थियो । साथै उत्त सम्झौता अनुरुप विन प्राइभेट लिमिटेडले आफ्नो कार्य पाँच बर्षसम्म सञ्चालन नगरेमा हाल उत्त कम्पनीले लिएको मुल्यमा नै जग्गा दाताहरुलाई फिर्ता गर्ने कुरामा सहमति सम्झौता भएको थियो । सहमति सम्झौता अनुसार उत्त कम्पनिले २१ बर्षसम्म कुनैपनि कार्य गरेकोले किसानहरले सो जग्गामा आफ्नो हक लाग्ने भन्दै आन्दोलन गर्दै आएका छन्।।

आज यसरी उत्त जग्गा नियन्त्रणमा लिएको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) ले पाँच बुँदे अपिल सहित आफ्नो पार्टीले जग्गा नियन्त्रण गरेको पर्चा सहित जग्गामा बोर्ड सहित पार्टीको झन्डा राखेको छ। ।

नेकपा कम्युनिस्ट पार्टी ( बहुमत )को पाँच बुँदे पर्चा यस प्रकार रहेको छ।