जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रवासी नेपाली मञ्च फ्रान्सको अध्यक्षमा एक बहादुर मल्ल

प्रवासी नेपाली मञ्च फ्रान्सको अध्यक्षमा एक बहादुर मल्ल चयन भएका छन् । हालै सम्पन्न मञ्चको तेस्रो अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा अनिल गुरुङ, सचिवमा राजु खप्तडी बस्नेत, उपसचिवमा नारायण न्यौपाने र मिन श्रेष्ठ, आर्थिक बिभाग प्रमुखमा लाल सोडारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा जीवन थापा, मिना अधिकारी, बिदुर श्रेष्ठ, साबित्री शाह, निर्मला शाही, दिनेश सुवेदी, डम्मर गुरुङ, सुमन कार्की, दिल नेपाली, उज्ज्वल पौडेल, प्रकाश पाठक, अशोक कुँवर र बिक्रम खाँड चयन भए ।

यसअघि, अधिवेशनको नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा प्रवास ईन्चार्ज डा.राजन भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै भट्टराईले विदेशमा सिकेका कुरालाई स्वदेशमा गएर प्रयोग गर्न आग्रह गरे । उनले देशको पछिल्लो राजनैतिक अवस्था, प्रवासीहरुको देश निर्माणमा भुमिका र कर्तब्यको बारेमा प्रकाश पारे । उनले प्रवासी नेपालीहरुले राज्यबाट प्राप्त गर्नुपर्ने अधिकारका बारेमा पनि बोलेका थिए ।

यस्तै फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारीले नेपाली नागरिकको हकहितका लागि दुतावास सधै तयार रहेको बताए । उनले फ्रान्समा रहेका नेपाली समाज र संघसंस्थाहरुले नेपाली नागरिकको हक अधिकार र राष्ट्र निर्माणमा पुर्याउँदै आएका कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च यूरोप कमिटीका उपाध्यक्ष बिनोद ज्ञवाली, गैरआवासीय नेपाली संघ यूरोपकी महिला संयोजक पानकुमारी मल्लले नेपाल र नेपालीको हितमा एनआरएनए र मञ्च एकापासमा मिलेर अगाडी बढ्न पर्नुपर्नेमा जोड दिए ।

मञ्चका अध्यक्ष भक्त वाग्लेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । हालै निवर्तमान भएका अध्यक्ष वाग्ले प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा यूरोप ईन्चार्ज हुन् ।