जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अन्तराष्ट्रिय विमानस्थको ९६ प्रतिशत काम सम्पन्न

जन्मभुमि खबर,
पोखरा ।

राष्ट्रिय गौरवका आयोजनामध्येको एक आयोजना हो पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सम्पन्न भएमा देशले अन्य दुईटा अन्तराष्ट्रिय विमानस्थल पाउनेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल २०७१ मा शिलान्यास गरिएको थियो । शिलान्यास भएको सात वर्षमा सम्पन्न भएर पनि जेठ २ गतेबाट व्यवसायिक उडान गरिएको छ । ६ अर्ब ८२ करोड लागतमा निर्माण भएको गौतमबुद्ध विमानस्थल संचालनमा आएपनि २०७३ बैसाख १ गते शिलान्यास गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल अझै संचालनमा आउन सकेको छैन । २२ अर्ब लागतमा निर्माण हुँदै गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हालसम्म ९६ प्रतिशत काम सम्पन्न भएको छ । पूर्ण रुपमा सम्पन्न नभएता पनि चीन सरकारले नेपाल सरकारलाई उक्त विमानस्थल हस्तान्तरण गरिसकेको छ ।

अहिल विमानस्थलको ९६ प्रतिशत काम सम्पन्न भएतापनि संचालनमा ढिलाइ हुने देखिएको छ । ल्याण्डफिल्ड साइड, सिँचाई र रिठेपानी डाँडाको कारण विमानस्थल संचालनमा आउन ढिला हुने भएको हो । नेपाली र विदेशी गरेर तीन सय जनाले दिनको १२ घण्टा काम गरिरहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएको खण्डमा पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।