जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पंखामा झुण्डिएको अवस्थामा आमा छाेरी मृत अवस्थामा फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बुधबार एक महिला र एक बालिका मृत अवस्थामा भेटिएका छन् । पोखराको सृजनाचोकमा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार महिला कोठाभित्र पंखामा झुण्डिएको र बालिका घाँटीमा सल बाँधिएको अवस्थामा भेटिएका हुन ।

मृत अवस्थामा भेटिएकाहरु चितवनको रत्ननगर नगरपालिकाकी ४० वर्षकी महिला सुशिला शर्मा खतिवडा र सात वर्षकी बालिका सोनिका रहेका छन् ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार बालिकाको हत्या गरि महिलाले आत्महत्या गरेको आशंका छ ।

सुशिलाका श्रीमान सञ्जयले पनि आफ्नी श्रीमतीले बालिकाको हत्या पश्चात् आफूले आत्महत्या गरेको आरोप लगाएकाृ प्रहरीले जनाएको छ ।

बालिकालाई विष खुवाइएको आशंका पनि गरिएको छ ।

बालिका सोनिकालाई सञ्जय र सुशिलाले धर्मपुत्रीको रुपमा राखेका थिए । ति बालिका लिटिलस्टेप स्कूलमा अध्ययनरत थिइन् ।

घटनाको विषयमा अनुसन्धान शुरु भएको र पोष्टमार्टम रिपोर्टपछि सबै कुरा खुल्ने डिएसपी तिवारीले बताए ।