जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा , ४५ लाख बरामद र ३ जना चिनियाँ नागरिक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । कल सेन्टरबाट साइबर अपराधका गतिविधि भइरहेको सूचनाको आधारमा छापा मारिएको कास्कीका एसपी रमेश थापाले बताए ।

पोखरा महानगरपालिका–१७ स्थित बैदाममा चिनियाँ नागरिकले घर भाडामा लिएर चलाएको कल सेन्टरबाट प्रहरीले ४५ लाख नगद बरामद गरेको छ । कम्पनी सञ्चालक मध्येका ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । प्रहरीले सो कम्पनीमा कार्यरत ७० जना नेपाली कामदारलाई सोधपुछ गरिरहेको छ ।

साइबर अपराध अनुसन्धानमा जानकार टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट चिनियाँ नागरिकले बिना दर्ता कम्पनी संचालन गरेको थाहा भएको छ । २०७७ पुस ७ मा प्रहरीले काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्रेर डिपोर्ट गरेको थियो । भक्तपुर र काठमाडौंमा कल सेन्टर चलाएको आरोपमा पनि प्रहरीले अपरेशन चलाएर चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।