जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको सिएम स्विमिङ पुलमा डुबेर मालेपाटनका बालकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ३ तेर्सापट्टि स्थित सिएम स्विमिङ पुलमा डुबेर शनिबार पोखरा ५ मालेपाटन बस्ने १३ वर्षीय दीपेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

डुवेर बेहोस अवस्था रहेका दीपेशको अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले बताए ।