जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाइफकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।