जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वडा अध्यक्षलाई नागरिक समाज पोखरा -२१ को सुझाव।

पोखरा ।
नागरिक समज पोखरा-२१ ले वडा अध्यक्षलाई १२ बुदे सुझाव पत्र हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका साथ नागरिक समाज पोखरा-२१ ले नवनिर्वाचित वडा अध्यक्ष तथा जनप्रतिनिधि हरुलाई बदाई तथा शुभकामना प्रधान गर्ने कार्यक्रम्मा सो सुझाव पत्र अध्यक्ष दिपक प्रसाद सुवेदि लाई नागरिक समाजका अध्यक्ष भोजराज आचार्यबाट हस्तान्तरण गर्नु भएको थियो।                                    सो हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष भोजराज आचार्यले सो सुझाव पत्र पढेर सुनाउनु भएको थियो । कार्यक्रममा नागरिक समाजका पुर्व अध्यक्ष तथा सदस्यहरुले आफना सुझाव प्रस्तुत गर्नु भएको थियो ।
सुझाव ग्रहण गर्दै वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले यस विषयमा कुनै पनि संघ संस्थाले यस भन्दा पहिले आफुहरुलाई यस प्रकारका वडाका विकासका बारेमा सुझाव दिन नआएको र पहिलो पटक यस नागरिक समाजले वडालाई सुझाव दिएकोमा आफुलाई खुशि लागेको र नागरिक समाजले वडा को विकसमा यति चासो राखेको मा धन्यवाद दिनुभएको थिए ।
यस सुझावलाई आफु र आफनो टिमले यसलाई अगाडी बढाउने बताउनु भएको छ ।कार्यक्रम सस्थांका अध्यक्ष भोजराज आचार्यको अध्यक्षता तथा कार्यक्रम संचालन संस्थाका सचिव विश्वबन्धु पोख्रेलले गर्नु भएको थियो ।
१२ बुदे सुझाव पत्र यस प्रकारको रहेको छ ।
१) वडा मा आउने सेवाग्रहीलाई शुद्ध पिउने पानि को व्यवस्था मिलाउने ।
२) हाल भहिरहेको शौचालय अपुग भएको र अपांगत मैत्रि शौचालय निमार्ण गर्ने ।
३) प्रतिक्षलयमा सेवा ग्राहीलाई बस्ने र समय विताउन वडाले गरिका काम र जानकारी मुल्क सुूचना प्रकाशन तथा प्रसारण का लागि टि.भि हर्ने व्यवस्था मिलाउने ।
४) वडाले आर्थिक,सामाजिक,शैक्षिक ,रोजगारीको अवस्था के कस्तो छ सर्वेक्षण गर्ने ।
५)वडा भित्र रहेका स्कुल जाने उमेरका बाल बालिका विद्यालय के कति नगएका छन् र जान नसक्नको कारण बुझी स्कुल जाने वातावरण मिलाउने साथै वडाका सरकरी स्कुलको विकास गरि नमुना सरकारी स्कुल बनाउने ।
६) स्वास्थ विमाको सुविधा जनताले राम्रो संग लिने व्यवस्था गरि वडा भित्रका स्वास्थ सस्ंथाको स्तर उन्नती गर्ने ।
७) क्यानसर जस्ता दिर्घ रोगी कति छन् ।तिनले राज्यको सुविधा लिने वातावरण निर्माण गर्न सहयोग पुराउने ।
८) वडा स्थरीय विविध विषयमा प्रतियोगीताहरु संचालन गर्ने ,विद्यार्थी विच, सास्कृतिक समुह विच ,विविन्न व्यवसायी ,कृषक र तिनले उत्पादन गरेका वस्तुहरु (राम्रो गोठ, राम्रा गाई भैसी पाल्न)
९) वडा भित्र संचालित कृषि फर्म हरुलाई दिर्घकालीन बनाउन सहयोग गर्ने ।
१०) पर्यटन विकासको लागि धर्मिक ,सास्कृतिक क्षेत्रको विकास गर्ने।
११) टोल विकासलाई अभिमुखिकरण गर्ने ।
१२) वडामा यातायातको समस्य भएको मा यसको लागि निर्मलपोखरी र कृस्तिका विविन्न स्थानमा यातायत जान नमान्ने र भाडा बढी लिने गरेकोमा यसको लागि सहजिकरण गरिदिने ।रहेका छन्।