जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि , १७ जना संक्रमणमुक्त

पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६९८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३६ जना र १ हजार १६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १६७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ४६२ पुगेको छ । हाल नेपालमा २ सय ८० जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।