जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तारा एयरको पोखरा-जोमसोम उडान एक सातालाई स्थगित

तारा एयरले पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरेको छ ।

वरिष्ठ पाइलट प्रभाकर घिमिरेसहित २२ जना यात्रु गुमाउनेगरी नाइनएन-एईटी ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परेपछि तारा एयरले एक सातालाई उडान स्थगित गरेको हो।

तारा एयरले विशेष कारणवश जेठ २० शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु हाललाई स्थगित गरिएको सूचना जारी गरेकाे छ ।