जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँको आँबुखैरेनीमा सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको उनले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।