जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिल्ला प्रहरी कार्यालय कास्की भित्र प्रहरी पुस्तकालय र क्याफे उद्घाटन


जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्की परीसर भित्र नव निर्मित प्रहरी पुस्तकालय र क्याफे उद्घाटन गरीएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले एक कार्यक्रमका बिच उक्त पुस्तकालय र क्याफे उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले नव निर्मित पुस्तकालय तथा क्याफे जिल्ला प्रहरी कार्यलय भित्र प्रवेश गर्ने सम्पुर्णमा सिकाईको नया स्रोत बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरी शर्माले प्रहरी कार्यलयमा पुस्तकालय तथा क्याफे स्थापना नया अभ्यास भएको र यसले प्रहरीलाई थप दक्ष बनाई प्रहरी कार्यमा नया आयाम प्रदान गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले उद्घाटन कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यबाद व्यक्त गर्दै सिक्ने चाहना भएका व्यक्तीहरुलाई आफुले पुस्तकालय तथा क्याफे निर्माण गरी सिकाईमा सहजिकरण गरेको बताएका थिए ।                                 

ट्राफिक प्रहरीको स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखरा र मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ । लेखनाथ सिटि हस्पिटल र हिमालय आंखा अस्पताल, पोखराको सहयोगमा उक्त स्वास्थ्य चेकजांच गरीएको थियो । उक्त कार्यक्रममा कास्की जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको ब्लड प्रेसर, सुगर र आखाँको स्वास्थ्य चेकजांच गरी स्वास्थ्य परामर्श प्रदान गरीएको थियो ।

ट्राफिक प्रहरी अन्य प्रहरीहरु भन्दा बढि बाह्य प्रदुषणमा खटिनु पर्ने तथा धेरै मानिसहरुको सम्पर्कमा रही कार्य सम्पादन गर्नुपर्ने भएकोले स्वास्थ्यमा समस्या देखिन सक्छ त्यसैले अनिवार्य नियमित स्वास्थ्य चेकजांच गरी ट्राफिक कार्यमा थप चुस्तता ल्याउन कार्यक्रमको आयोजना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।