जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घोप्टेभिरमा पहिरो पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभिरमा आज दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षा लागेसँगै उक्त स्थानमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । रासस