गण्डकी प्रदेश सहित केहि प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशबाहेक अरू प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
यतिबेला प्रदेश १, गण्डकी र लुम्बिनीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ। साथै प्रदेश १ का एक वा दुई स्थानहरूमा भीषण वर्षाको पनि सम्भावना रहेको छ ।