जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सहित केहि प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशबाहेक अरू प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, गण्डकी र लुम्बिनीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ। साथै प्रदेश १ का एक वा दुई स्थानहरूमा भीषण वर्षाको पनि सम्भावना रहेको छ ।