जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा बिहीबार सभापति बाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ ।

समितिका सभापति दीपक कोइरालाले बोलाएको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् । समितिमा ६ जना मन्त्री, ६ जना एमालेका सांसद र २ जना माओवादी सांसद छन् ।

दिऊसो १ बजेका लागि डाकिएको बैठकमा २ बजेसम्म कोही पनि नआएपछि बैठक स्थगित गरिएको सभापति कोइरालाले बताए । समितिले असार १ गते बजेट ल्याउए पछि बजेट माथी छलफल हुन सकेको छैनन ।

त्यही भएर संसद्को गतिरोधबारे छलफल गर्नका लागि बैठक बोलाएको उनले बताए । समितिले संसद् नचल्नुका कारण खोज्ने र छिटो सदन सञ्चालनका लागि निर्देशन दिन अर्थमन्त्रीलाई समेत डाकेर कोइरालाले बताए ।

तर एमालेले भने सदनमा गर्नुपर्ने बजेट छलफल संसदीय समितिमा गर्न लागिएको भन्दै बुधबार पत्रकार सम्मेलन गरेर विरोध गरेको थियो ।