खुल्यो अवरूद्ध पृथ्वी राजमार्ग
पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ।
आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन-कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो ।
उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ।
पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो।