जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केहि स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये ६ प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो ।

यतिबेला प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा र कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश नं १, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।