इम्बोस्ड नम्बर राख्ने विषयमा धम्कीको भाषा खारेज गर्न थापाको माग
नेपाली कांग्रेसका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।
यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना निकालेको थियो।
मन्त्रालयले समस्या समाधान नगरी जनतालाई धम्कीको भाषा दिएको भन्दै सांसद थापाले आपत्ति जनाएका छन्।
यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको छ । सांसद थापाले आज प्रतिनिधि सभा बैठकमा भने, ‘जवरजस्तीलाई बन्द गरियोस् ।
उनले इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा ५/६ गुणा महँगो भएको गुनासो नागरिकहरूबाट आइरहेको पनि बताउनुभयो।
‘साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु भनेर जुन किसिमले धम्की दिएको छ, धम्कीको भाषा गलत छ खारेज गर्नुपर्छ। तत्काल पुनरावलोकन होस् सांसद थापाले भने ‘पूर्वाधार तयार गरियोस्, नागरिकलाई सास्ती नहोस् , जनशक्ति थपियोस्।
गण्डकी र बागमती प्रदेश यातायात कार्यालयमा दर्ता भएका सवारी साधनले साउन १ भित्र इम्बोस्ड नम्बर नलिए कारबाहीको चेतावनी यातायात विभागले दिएको थियो।
बंगलादेश र अमेरिकाको कम्पनीले इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का लिएको थियो। १५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गर्न सम्भव नरहेको पनि थापाले बताए।