जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।