जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अन्तरप्रदेश चल्ने यातायातको भाडा वृद्धि

यात्रुवाहक र मालवाहक सवारी साधनको भाडा वृद्धि भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक यातायातको भाडा समायोजन गर्दै यात्रुवाहक र मालवाहक सवारीको भाडा वृद्धि गरेको हो।

यातायात व्यवस्था विभागले इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा अन्तरप्रदेश चल्ने यातायातको भाडा समायोजन गरेको हो।

नयाँ भाडादरअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशतले वृद्धि गरिएको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत भाडा वृद्धि भएको छ। तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा भने ७.७ प्रतिशत भाडा बढाइएको छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घट्ने वा बढ्ने गर्छ।

हिजो एकैदिन डिजेलको मूल्यमा २७ रुपैयाँले वृद्धि गरिएको थियो। डिजेलमा १६.३६ प्रतिशतले वृद्धि भएको हुँदा भाडादर स्वचालित प्रणालीअनुसार परिवर्तन भएको हो।

यस्तो छ नयाँ भाडादर

2079.03.06अन्तरप्रदेशभाडादर2022-06-20_12-28-38-219