जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२३ वटा कृषिजन्य उत्पादनकाे समर्थन मूल्य ताेकियाे

जन्मभुमि खबर ,
पोखरा ।

पाेखरा महानगरपालिकाले कृषि उपजकाे न्युनतम समर्थन मूल्य निर्धारण गरेकाे छ ।

पाेखरा महानगरपालिकाकाकार्यवाहक मेयर मञ्जुदेवी गुरुङले पाेखरा २५ हेम्जामा आयाेजित राेपाँ महाेत्सवमा न्यूनतम समर्थन मूल्यसूचि सार्वजनिक गरेकी हुन् ।

महानगरले विभिन्न २३ वटा कृषि उपजकाे न्युनतम समर्थन मूल्य निर्धारण गरेकाे छ ।

पाेखराकाे पहिचानका रुपमा रहेकाे जेठाुबुढाे,मकै,गहुँ, काेदाे, फापर, कागुनाे, ताेरी, काउली, बन्दा, रायाेसाग, गाेलभेडा, सिमी, घिराैला, काँक्राे, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउकाे मूल्य निर्धारण गरेकाे महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।