जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१३ जनामा कोरोना संक्रमण पुष्टि , ९ जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१ हजार ५७९ जनाको पिसिआर र १ हजार ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११० जना सक्रिय संक्रमित छन् ।

९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।