जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेर्नुहोस आज तपाईको शुभ राशिफल

वि.सं. २०७९ आषाढ १२ गते आइतवार तदनुसार ई. सं. २०२२ जुन २६ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रास्त : दिउँसो ०४:२२ बजे र चन्द्रोदय : भोलि बिहान ०२:५७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०७:२४ बजे, आषाढ कृष्णपक्ष (तछलागा) त्रयोदशी तिथि, भोलि बिहान ०३:२८ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, कृतिका नक्षत्र, दिउँसो ०२:१८ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), धृति योग, बिहान ०७:५१ बजेसम्म, त्यसपछि शूल योग, सुरुमा गर करण दिउँसो ०२:४६ बजेसम्म, त्यसपछि वणिज करण भोलि बिहान ०३:२८ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण,आनन्दादि योग : धूम्र, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०८:४४ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण,आज : श्री रवि प्रदोष व्रत (निणर्य क्षमता, पदप्राप्ति, स्वास्थ्यरक्षा र शत्रुविजय निमित्त), आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, हलचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १३ गते : दिल्ला चह्रे पूजा (नेवारहरूको पर्व), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), द्वारचक्र, पुराण श्रवण, कलशचक्र, १४ गते : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, १५ गते : असारको पन्ध्र (दहीचिउरा खाने दिन), राष्ट्रिय धान दिवस, स्नानदानादिका लागि अमावस्या/औंसी,

= मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुने परिस्थिति देखिन्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । आज ३५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः  यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । प्रतिष्ठामा बृद्धि हुने दिन हो, आफूभित्रको निणर्यक्षमता र व्यवस्थापकीय कौशलता प्रदर्शन गर्दै छुट्टै पहिचान स्थापना गरिने छ । भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नु ठीक हुन्छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ । अझ लेनदेनको विषय हो भने निकै सतर्कता अपनाउनु होला । दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ हुनेछ । आज १० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । सिनियर्स वा अभिभावकका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता लाभप्रद बन्नेछ । राजनीति वा समाजसेवा तपाईंको कार्यक्षेत्र हो भने आज हरेक काममा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । आज ९५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ । नोकरीमा बढुवा हुने वा कार्यक्षेत्रमा विस्तार हुने राम्रो दिन छ । सिनियर स्टाफको सहयोग र सद्भावले सन्तुष्टि मिल्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आपसी सम्बन्ध भावी जीवनका लागि सुखद बन्ने सङ्केत छ, सँगै बसेर भविष्यको कल्पनामा छलफल गर्न सकिन्छ । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ । जग्गाजमिन, निर्माण सामाग्री, खनिज र काष्ठ व्यवसायीले लाभ पाउने समय हो, कारोबारका अतिरिक्त धार्मिक/पारम्परिक काममा संलग्न हुने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । कसैको चित्त दुखाएर धन वा प्रतिष्ठा प्राप्त गर्ने कोशिस गर्नुहुँदैन । दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । आज ३५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ८, शुभ रङ कालो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

पतिपत्नीका बीचमा सम्बन्ध/सम्पर्क बढ्ने समय छ । साझेदारीको कुनै काम छ भने असमझदारी बढ्नसक्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग गरी थप आम्दानी गर्न सकिने छ । घरायसी जीवन वा प्रेम सम्बन्धका दृष्टिले पनि उत्साही र प्रसन्न हुने समय हो । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूणर् समर्थन रहनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो वा पहेंलो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गृहदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाती हुन्छ । नजिकै कुनै परीक्षा वा प्रतिस्पर्द्धा आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ, किनभने ओभर कन्फिडेन्स वा घमण्डको भावनाले खराब रिजल्ट दिनसक्छ । आज ९० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नागदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ, आँटेको काम सजिलै सम्पादन हुनेछ । छोराछोरीको खुसीका लागि पनि आज समय निकाल्नु बुद्धिमानी हुनेछ । बुद्धि र विवेकको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । आज ३५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाग्देव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आफन्तका निमित्त कुनै विशेष काम सम्पन्न हुनेछ, आपसी तालमेल र पारिवारिक सम्बन्ध सुदृढ बनाउन प्रयास गर्ने समय हो, जसबाट सुरक्षित भएको अनुभूति हुनेछ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउ रङ र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रामदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

= मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन्छ । पुराना सँगीसाथी वा आत्मीयजनहरूसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न गरिने समय हो, उता पारिवारिक माहौल र आर्थिक पक्ष सुदृढ देखिन्छ । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको जाती हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )