जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेर्नुहोस आज तपाईको शुभ राशिफल

वि.सं. २०७९ ज्येष्ठ २५ गते बुधवार तदनुसार ई. सं. २०२२ जुन ०८ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (तछलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, चन्द्रोदय : दिउँसो १२:२६ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:०६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे, ज्येष्ठ शुक्लपक्षको नवमी तिथि, भोलि बिहान ०३:२७ बजेसम्म, त्यसपछि दशमी तिथि,उत्तराफाल्गुनी  नक्षत्र, मध्यरात्रीपछि १२:२६ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा सिंह राशिमा, बिहान ०६:१० बजेसम्म, त्यसपछि कन्या राशिमा, सिद्धि योग, मध्यरात्रीपछि १२:०५ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा बालब करण दिउँसो ०३:३८ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०३:२७ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवणर् : रातो (बिहान ०६:१० बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बिहान ०६:१० बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो १०:५४ पछि, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आजको मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र एवं हलचक्र, चुल्लीचक्र र फणिचक्र जुरेको दिन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २६ गते : गङ्गा दशहरा, रामेश्वर गङ्गा पूजा, हत्यामोचन तीर्थ स्नान, रुरु रीडिक्षेत्र हृषिकेशोत्सव, वज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नान समाप्ति, बेहडा बाबामा जलार्पण, बैतडी विश्वनाथ मन्दिरमा दशहरा मेला, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), गृह प्रवेश, वस्त्राभरण, घर छाउने/ढलान गर्ने, कलशचक्र, २७ गते : श्री निर्जला (भीमसेनी) एकादशी व्रत, तुलसीको दल राख्ने दिन, मुहूर्त : व्रतबन्ध, चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), गृह प्रवेश, वस्त्राभरण, द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, कलशचक्र, २८ गते : श्री कूर्म द्वादशी, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), गृह प्रवेश, द्रव्यप्रयोग, कलशचक्र

 

= मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आज हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय छ, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भूमिनन्दनाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । परिवारमा प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव रहने समय हो । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता मिल्ने दिन हो । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । आफ्नो काममा मात्र होइन, घरपरिवारलाई पनि केही समय छुट्याउनु राम्रो हुन्छ, नत्र आपसी विचारविमर्शमा खाडल सिर्जना हुनसक्छ । एकान्तमा बस्न पाउने र रमाउने मौका छ, तर समय र स्थान छनौट गर्न गोपनीयता अपनाउनुका साथै निकै सतर्कता अपनाउनुपर्ने दिन हो । आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज कार्यक्षेत्रमा मानसम्मान पाउने राम्रो दिन हो । शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रवर्ग र जुनियर स्टाफको सहयोग मिल्नाले मनसमेत प्रसन्न रहनेछ । औजार, हातहतियार वा सरकारसम्बन्ध ठेक्कापट्टा वा काम नै व्यवसाय हो भने राम्रो लाभ पाउने दिन हो, काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आजको प्रयासले भाग्य र भविष्य सपार्ने समय हो । बोलीमा विशेष बल देखिन्छ । अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल बन्न सकिने छ । प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । यो अवसरको सदुपयोग गर्ने समय हो । सुरुमा कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही र जुनियर स्टाफ रुष्ट हुनसक्ने समय हो, तर सहकर्मीको साथ पाउनाले जटिल समस्यासमेत हल गर्न सकिने छ । आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्नेछन् । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । आजको दिन सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, व्यवहारिक समस्या हल गर्न सहयोग आदान/प्रदान हुनसक्छ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अर्काय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर् भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, यद्यपि साथीसँग कुराकानी भएको छैन भने सम्पर्क राखी दूरी घटाउने प्रयत्न गर्नुहोला । आनन्द, भोगविलास र मनोरञ्जनमा ध्यान केन्द्रित हुने समय हो । पिता वा पितृतुल्य व्यक्तिको सल्लाह वा सुझावको अम्मल गर्दा अझ बढी फाइदा हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ देवीद्यौराल्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सकेसम्म आफ्नो पार्टनरका भावना र मनसायलाई बुझ्ने प्रयास गरी कार्यक्षेत्रमा सक्रिय रहनु उचित हुन्छ । आफ्नो व्यस्तता सुरुमा नै बताएर विश्वास जित्न सकिने छ । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । कुनै ठोस काम अघि बढाउनु छ भने मातापिता वा सिनियर साथीहरूको सहमतिमा गर्नुहोला । आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धार्मिक/सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सक्नुहुन्छ । विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ, त्यसैले आफ्नो प्रभाव बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गरेको जाती हुन्छ । आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

चिन्ता, शङ्का र डर सल्बलाउने समय छ, सकेसम्म रिस र अहङ्कारलाई दबाउनु होला । दिक्क लागेको छ भने बरु विश्वस्त व्यक्तिसामु मनको बह फुकाएको ठीक हुन्छ । बारम्बार नकारात्मक धारणामात्र आइरहने समय हो । कसैको कुरामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने समय हो, हाँके/ताकेका जुनसुकै काममा बिलम्ब हुनसक्छ । अल्छी गर्ने होइन, कडा परिश्रम गरेर काम निकाल्नुपर्ने हुन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

= मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भरपूर आनन्द र सुख भोग गर्ने अनुकूलता मिल्नेछ । कतै घुमघाममा निस्कन र एकान्तमा बसेर रमाउन सकिने छ । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )