जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेर्नुहोस आज तपाईको शुभ राशिफल

वि.सं. २०७९ ज्येष्ठ २४ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ जुन ०७ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (तछलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, चन्द्रोदय : दिउँसो ११:३१ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:२४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि, भोलि बिहान ०३:४१ बजेसम्म, त्यसपछि नवमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपूर्व ११:५२ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), वज्र योग, मध्यरात्रीपछि ०१:१२ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो ०३:३५ बजेसम्म, त्यसपछि बब करण भोलि बिहान ०३:४१ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : धूम्र, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०९:४० सम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : भौमाष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र एवं हलचक्र, चुल्लीचक्र र फणिचक्र जुरेको दिन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २५ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २६ गते : गङ्गा दशहरा, रामेश्वर गङ्गा पूजा, हत्यामोचन तीर्थ स्नान, रुरु रीडिक्षेत्र हृषिकेशोत्सव, वज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नान समाप्ति, बेहडा बाबामा जलार्पण, बैतडी विश्वनाथ मन्दिरमा दशहरा मेला, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), गृह प्रवेश, वस्त्राभरण, घर छाउने/ढलान गर्ने, कलशचक्र, २७ गते : श्री निर्जला (भीमसेनी) एकादशी व्रत, तुलसीको दल राख्ने दिन, मुहूर्त : व्रतबन्ध, चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), गृह प्रवेश, वस्त्राभरण, द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आफ्नो काममा इमानदार बन्नुका साथै अनुभव र सीपप्रति आशावादी बन्ने दिन हो । लक्ष्य निर्धारण गरी कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनुहोला । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आफन्तका निमित्त कुनै विशेष काम सम्पन्न हुनेछ, आपसी तालमेल र पारिवारिक सम्बन्ध सुदृढ बनाउन प्रयास गर्ने समय हो, जसबाट सुरक्षित भएको अनुभूति हुनेछ । कामको चाप बढ्नेछ, सहयोगीको साथ पाइँदैन, अझ कुनै काम सम्पन्न गर्न दोहोर्याई/तेहेर्याई गर्नुपर्ने परिस्थिति बन्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने तथा पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने राम्रो समय छ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो ।  कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले सबैलाई आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । प्रेम सम्बन्ध थप प्रगाढ बन्ने दिन हो । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने आज आत्मविश्वास बढ्नेछ, प्रयास गर्नुहोस् सफलता तपाईंको मुट्ठीमा हुनेछ । व्यक्तिगत खुसी र सुखसुविधाका लागि खर्च गर्न मन हौसिन्छ । यी खर्चको खास प्रभाव पर्नेछैन, तथापि अहिले आय र व्ययको सन्तुलन कायम राख्न प्रयास गर्नुपर्छ । समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्ने दिन हो । आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, साथै आफ्नो रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने समय हो । ललितकला, सङ्गीत एवं साहित्यमा रूचि जाग्ने समय हो । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । गज्जबले कमाउन सकिने र परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ । सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सिनियर्स वा अभिभावकका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता लाभप्रद बन्नेछ । राजनीति वा समाजसेवा तपाईंको कार्यक्षेत्र हो भने आज हरेक काममा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । अलि बढी दौडधूप गर्नुपरे पनि सम्भावनाका बाटाहरू पहिल्याउन सकिने समय छ । बुद्धिको उपयोगले सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । क्यारियरको सोच पलाउने समय छ, कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनुपर्ने हुन्छ । महत्त्वाकाङ्क्षा राख्नाले लक्ष्य पहिल्याउन सजिलो हुनेछ, कुनै योजना छन् भने अझ धेरै मिहिनेत गर्नुहोस्, सफलता मिल्नेछ । भविष्य सुध्रनुका साथै ठोस आम्दानी हासिल हुनेछ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धी प्रदान गर्नेछ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अस्वस्थताका बीचमा कामको चाप बढ्ने दिन हो । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन्, परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ ।  स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलो हुनसक्छ । कामको बोझ बढेको अनुभूति हुनेछ, त्यस्तै आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा सतर्कता अपनाउनु पर्दछ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

भावनामा वहने समय छ, काममा दिलचस्पी नरहनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ ।  पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मनभित्रका शत्रु अर्थात् रिसराग, द्वेष र अहंकार हाबी हुने भएकाले राम्रो गर्दागर्दै पनि अवगाल खेप्ने समय हो, सचेत र सावधान भएर कामधन्दा गर्नुहोला ।  झगडालु र घमण्डी मनोवृत्तिको उदय हुनेछ, तर कुनै परीक्षा वा प्रतिस्पर्द्धाको तैयारी गर्दै हुनुहुन्छ भने खेलवाड र मनोरञ्जन त्याग्नुहोला । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति देखिन्छ, काम विशेषले कुनै गर्जो टार्न ऋण काढ्नुपर्ने वा सरसापटीबाट काम चलाउनुपर्ने हुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )