जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेर्नुहोस आज तपाईको शुभ राशिफल

वि.सं. २०७९ ज्येष्ठ २० गते शुक्रवार तदनुसार ई. सं. २०२२ जुन ०३ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (तछलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, चन्द्रोदय : बिहान ०८:०४ बजे र चन्द्रास्त : बेलुका ०८:४२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, ज्येष्ठ शुक्लपक्षको चतुर्थी/चौथी तिथि, मध्यरात्रीपूर्व ११:४१ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पुनर्वसु नक्षत्र, साँझ ०४:५५ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बिहान १०:१७ बजेसम्म, त्यसपछि कर्कट राशिमा, बृद्धि योग, मध्यरात्रीपछि ०१:५१ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा वणिज करण दिउँसो १०:४५ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपूर्व ११:४१ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : लुम्बक, चन्द्रवणर् : पहेंलो (बिहान १०:१७ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (बिहान १०:१७ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : नैऋत्य (मध्यरात्रीपूर्व ११:४१ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०४:५३ देखि भोलि बिहान ०६:०५ सम्म, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) एवं हलचक्र, चुल्लीचक्र जुरेको दिन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २१ गते : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने), २२ गते : सिथि नख, श्री कुमार षष्ठी, भक्तपुरमा चण्डीभगवती यात्रा, विश्व वातावरण दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २३ गते : कुमार यात्रा, मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सँगीसाथीसँग अलमलिंदा वा आफ्नै काममा व्यस्त रहनाले भेटघाटको अनुकूलता मिल्दैन, तर यथासम्भव तालमेल मिलाउनु राम्रो हुन्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिने छ, तर मनमा छटपटी र कौतूहलता व्याप्त हुनेछ । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा पनि सक्रियता जनाउने दिन हो । आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

घरायसी बन्दोबस्तीमा समय दिन नपाउनाले परिवारका सदस्यहरूका माझमा मनमुटाव हुनसक्छ । पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नुपर्छ । परीक्षा वा प्रतियोगिताका लागि तैयारी गर्न अनुकूल दिन रहेको छ । नयाँ व्यवसाय वा रोजगारीको प्रयास गर्दै हुनुहुन्छ भने आशावादी बन्ने दिन हो । ज्ञान, अनुभव वा सीपको प्रयोग गर्ने समय छ, प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै सम्मान प्राप्त गर्न सकिन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्य र आत्मविश्वासको विकास हुनेछ । पेसागत र व्यवसायिक उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर पनि आर्थिक विषयले तनाव बढ्नेछ । सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ । मनोमालिन्य बढ्ने समय पनि हो । परिस्थितिलाई बुझेर चल्नुपर्ने दिन हो । उच्च महत्त्वाकाङ्क्षा राख्नु ठीक होइन, सानो लापरबाहीले दूरगामी भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कार्यक्षेत्र वा व्यवसाय दुबै पक्षमा सबल भइने छ, कुनै कुराले चिन्तित तुल्याएको छ भने त्यसलाई आफन्त वा सहकर्मीका बीचमा सेयर गरेमा समाधानको बाटो पहिल्याउन सकिन्छ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, तर साँझपख बेचैनी बढ्ने समय छ । आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, आज प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । आकस्मिक रूपमा कुनै लाभ पाउन सक्नुहुन्छ । त्यस्तै नयाँ र नौला विषयको जानकारी प्राप्त हुनेछ । भाइबहिनी वा छोराछोरीको चित्त बुझाउन खर्च बढ्नसक्छ । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रातो/सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चित्त नबुझेका कुरा प्रकाशमा ल्याए उपाय निस्कने छ । सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्नेछ । माङ्गलिक कर्म गर्ने सोच पलाउने दिन हो । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्ने समय हो । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले भविष्यमा राम्रो मुनाफा दिलाउने छ । ठोस लगानीप्रति आकर्षित बन्दा राम्रो हुनेछ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो नारायणाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनुपर्दा मन निराश बन्ने समय हो । सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूणर् काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । मन भारी र तन उदास हुने समय हो, आर्थिक सङ्कट निवारण गर्न सञ्चित पुँजी र आफ्नो हैसियत सम्झिएर अघि बढ्नु ठीक हुन्छ ।  आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वमृत्युनिवारकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रूचि बढ्नसक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । सुखद वातावरणमा सुखपूणर् र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । ऊर्जा र जाँगर पलाउने समय छ, एक्लै खट्नु परे पनि ताकेको काम सम्पन्न हुनेछ । सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्न सकिने छ, तर शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनुहोला । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वरोगहराय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । बुद्धि खियाएर गरिने कामका माध्यमबाट अथवा छोराछोरी वा अनुयायीका तर्फबाट शुभताको सङ्केत छ, कुनै जमघट वा समारोहमा सहभागी बन्न सकिन्छ, मौका पर्दा दमदार भाषण ठोक्ने र ताली पाउने दिन हो । तालिम, सेमिनार वा ज्ञान बढाउने विषयमा सरिक हुने र विशेष ज्ञान लिने समय छ । उता घरमा छोराछोरीका माध्यमबाट प्रसन्नता प्राप्त हुने दिन हो । आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शारदादेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहने छ । अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । अनिवार्य नै छैन भने एकदुई दिन पर्खिएर खर्च गरेको राम्रो हुन्छ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चं चन्द्रमसे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )