जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेमजा गोल्डकप फुटबल प्रतियोगिता : शनिबार फाइनलमा आयोजक हेमजा युनाईटेड र एभिनियर क्लब डाउला भिड्दै

जन्मभुमि खबर ,
पोखरा ।

चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै एभिनियर फुटबल क्लब डाउला  छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ ।

हेम्जा युनाइटेको आयोजनामा जारी फुटबल प्रतियोगिता अन्तर्गतको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजलाई हराउँदै फाइनलमा आयोजक हेमजा युनाईटेडसंगको भेट पक्का गरेको हो । एभिनियर फुटबल क्लब डाउलाको तर्फबाट जर्सि न. ४ का आनिस र जर्सि न. २१ का स्याङले १/१ गोल गरे । चर्च ब्वाइजको तर्फबाट खेलको सुरुमै जर्सि न. २ का मिलन राइले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच एभिनियर फुटबल क्लब डाउलाको तर्फबाट  जर्सि न. २१ का स्याङ घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

प्रतियोगिताको फाइनल शनिवार आयोजक हेमजा युनाईटेड र एभिनियर फुटबल क्लब डाउला बिच हुनेछ । हेमजा युनाइटेडको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।