जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित

जन्मभुमि खबर ,
पोखरा ।

‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।
हेमजा युनाइटेड आयोजनामा असार ४ देखि सुरु भएको प्रतियोगिताको फाइन खेल स्थगित भएको हो । हेमजा युनाईटेडको स्थापना कालदेखी सहयो गर्दै आएका अरविन कुँवरको दुर्घटनामा परि असमायिक निधन भएको कारण खेल स्थगित भएको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले हामीलाई जानकारी दिए ।  यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति होस भन्दै दिवङगत आत्माको चिर शान्तिको कामना गरेको उनको भनाइ छ । असार ११ गते भनिएको फाइनल खेल स्थगित भई असार १२ गते आइतवार हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता स्थगितले प्रायोजक, सहयोगी, शुभचिन्तक खेल प्रेमी तर्था दर्शकमा पर्न गएको असुबिधा प्रति आयोजक क्षमा याचना गर्दछ ।