जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य ९७ हजार ३२ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २ सय, तेजावी सुनको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य १२ सय ४० रुपैयाँ थियो ।