जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

बिहीबार ९७ हजार ६ सय र तेजावी सुनको मूल्य ९७ हजार एक सय थियो । यस्तै चाँदी १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।