जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन्दरी प्रतियोगिताका नाइके मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । मानव बेचविखन मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले सो आदेश गरेका हुन् ।

पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा मुद्दा दर्ता गरेको थियो । बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा १ लाख धरौटी माग्ने आदेश भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा प्रसाद पौडेलले बताए ।

सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।  अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।