जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

समाजसेवी टिका कुमारी गुरुङले गरिन् ग्रीन युथ एलाएन्सलाई आर्थिक सहयोग

विवेक न्याैपाने

विश्व वातावरण दिवसको अवसर पारेर समाजसेवी तथा सफल महिला उधमी टिका कुमारी गुरुङद्वारा पोखरामा वातावरण सम्बन्धि काम गर्ने संस्था ग्रीन युथ एलाइन्स नेपाललाई प्रन्ध हजार नगद सहयोग गरेकी छन् ।

६ वर्ष पुरानो उक्त संस्थाले पोखरा महानगरपालिकासंग मिलेर विद्यालय वातावरण शिक्षा, शहरी योजना आयोग सङ्ग मिलेर नयाँ बजार पोखरा ९ सडकछेउमा वृक्षरोपण यस्तै वडा न. १ र ३ को साध पर्ने तुलसीघाट नदीछेउमा बृक्षारोपण तथा सम्वन्धित वडासँग मिलेर वडा न. २, ३, ४, ५, ८, १० र ११ मा सडक छेउमा वृक्षरोपणको सम्भाव्यता अध्ययन गरिसकेको छ ।

रामघाट सेतीनदी तीरभीर पोखरा,९ छेउका भुस्खलन प्रभावित जनताहरुलाई न्युनतम स्वास्थ सेवा उपलब्ध गराउने उदेश्यका साथ बतास फाउण्डेशन र गण्डकी मेडिकल कलेजसंग मिलेर वातावरण प्रभावित स्थानीय हरुलाइ स्वास्थ सेवा पनि उपलब्ध गरेको त्यस संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताए ।

विशेष गरेर सहरी क्षेत्रको वातावरणसंग सम्वन्धित रहेर काम गरेको संस्थालाई आर्थिक सहयोग गर्न पाउदा खुःशी लागेको महिला उधमी एवम् समाजसेवी व्यक्तित्व टिका कुमारी गुरुङ्गले बताइन ।