जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विविन्न ५ निर्णय पारित सहित नागरिक समाज पोखरा २१ को बैठक सम्पन्न ,

पोखरा ।
नगरिक समाज पोखरा २१ को पहिलो बैठक सम्पन्न भएको छ । सो अवसरमा समाजका नवनिर्वचित समितिका सदस्यहरुलाई पूर्व अध्यक्ष उदय बहादुर रायमाझीबाट पद तथा गोपनियताको सपथ ग्रहाण गराईएको थियो । बैठकबाट विविन्न प्रस्ताव तथा निर्णय गरेको छ ।प्रस्तावहरुमा संस्थाको बरबुझारथ गर्ने ,सपथ ग्रहण गर्ने,वडा भित्र संचालित यातायात सम्बन्धमा ।
बैठकले विविन्न निर्णय समेत गरेको छ । संस्थाका पूर्व अध्यक्ष उदय बहादुर रायमाझी बाट सम्पूर्ण जिन्सी तथा अन्य सामाग्रीहरु वर्तमान अध्यक्ष भोजराज आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । सो समयमा रायमाझीले आफुले हाल सम्म दुःख सुख गरेर याहाँ सम्म ल्याइपुराएको संस्थालाई अझै अगाडी ल्याउने र आवज विहिनको आवज बनिदिन अनुरोध गर्नु भएको थियो । साथै नवनिर्वचित समिति सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको , पोखरा २१ वडा भित्र संचालित सार्वजनिक यातायात व्यवस्थित नभएको भाडामा अनियमितता भएको जनगुनासो आएकोले वडा समितिमा छलफ गर्ने समय तोक्न अध्यक्ष भोजराज आचार्यलाई जिम्मा दिने निर्णय गरिएको छ । साथै आसन्न स्थानिय निर्वचानमा विजय हुनु भएका वडा नम्बर २१ का जनप्रतिनिधिहरुलाई बदाई दिने निर्णय समेत गरिको छ ।
नागरिक समाज पोखरा २१ को समितिमा अध्यक्ष भोजराज आचार्य ,उपध्यक्षमा पुर्ण प्रसाद पोख्रेल ,सचिवमा विश्व बन्धु पोख्रेल ,सहसचिवमा नन्दलाल सुवेदी ,कोषध्यक्षमा टंकनाथ पौडेल ,सदस्यहरुमा बसन्त राज भण्डारी ,गुरु प्रसाद पोख्रेल ,शर्मिला थापा भट्टराई ,हिमलाल पौडेल रहनुभएको छ ।
बैठक संस्थाका अध्यक्ष भोज राज आचार्यको अध्यक्षता तथा बैठक संचालन सस्ंथाका सचिव विश्वबन्धु पोख्रेलले गर्नू भएको थियो ।