जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वाइसिएलका नेताको श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै राज्यमन्त्री विमला कुमारी खत्री प्रहरी नियन्त्रण

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ। वाइसिएलका नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीले राज्य मन्त्री वलीलाई नियन्त्रणमा लिएको हो।

तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनले श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरले उक्त विषयमा अनुसन्धान गर्नका लागि वलीलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटना हुँदा एकराज घरमा थिएनन् । मन्त्री नहुँदै एकराजसँग खिचेको बिमलाको सेल्फी भाइरल भएको थियो ।