जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी

पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उमेदवारी अभियानले उजुरी दिएको हो ।

रविको पार्टीका कारण स्वतन्त्र उमेदवारी घोषणा गरेका वा स्वतन्त्र उमेदवारीको तयारी गरेका स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको अभियानको निष्कर्ष छ ।

“पूर्वपत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा स्वतन्त्र उमेदवारी अभियानको गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उमेदवारी दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उमेदवारी घोषणा गरेका वा स्वतन्त्र उमेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्रको नाममा पार्टी गठन गरिँदा स्वतन्त्र उमेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको उक्त अभियानको भनाइ छ । अभियानका संयोजक इम्बर शाहुले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र शब्द नदिन आयोगलाई आग्रह गरिएको छ ।
रविले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।