जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ चुनाव चिन्ह घन्टी

चर्चित टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा होमिएका छन् ।

उनले मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।

‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छु’, उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी।’

यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए । उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने बताए। पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।