जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यस वर्षको रोपाइँ महोत्सव पोखरा हेम्जामा हुने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा पर्यटन परिषदको आयोजनामा हुँदै आएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगर-२५ हेम्जामा हुने भएको छ ।

पोखरा २५ देविस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७ औँ असारे रोपाइँ महोत्सव हुन लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताउनुभयाे । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित हुन लागेको महेतसव कोरोनाका कारण अघिल्लो वर्षहरुमा रोकिएको थियो ।

नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताउनुभयाे । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिनपनि महोत्सव फलदायी हुने उहाँकाे भनाइ छ ।

उहाँले खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको बताउनुभयाे । रापाइँ महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड प्रतियोगिता लगाएतका कार्यक्रमहरु हुनेछन् ।