जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मोटरसाइकलको ठक्करबाट पोखरा- १३ भद्रकाली बस्ने जुनाकुमारी को मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका- १३ गौडामुखमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङ घर भई हाल पोखरा- १३ भद्रकाली बस्ने अन्दाजी ५३ वर्षीया जुनाकुमारी गुरुङ रहेकी छिन् ।

गुरुङलाई गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको हो।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।